नगरपालिकाको भौगोलिक, सामाजिक, आर्थिक, पूर्वाधार लगायत क्षेत्रको विद्यमान यथार्थ स्थिति झल्काउन आवश्यक तथ्याङ्क संकलन र विश्लेषणका माध्यमबाट तयार गरी तर्कपूर्ण, सिलसिलेवार र व्यवस्थित रूपमा प्रस्तुत गरिएको सूचनाको एकीकृत दस्तावेज वस्तुगत विवरण हो । वस्तुगत विवरण तयारीका लागि स्तरीय विधि, औजार तथा प्रकृयाको अवलम्बन गर्नु जरुरी हुन्छ । कर्जन्हा नगरपालिकाको वस्तुगत विवरण तयारीको पृष्ठभूमि, उद्देश्य, नीतिगत तथा कानूनी आधार, तयारी विधि तथा प्रक्रिया र सीमालाई यस परिच्छेदमा समावेश गरीएको छ । १.१ पृष्ठभूमि नेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक शासन व्यवस्था अनुरूप जनताको सबैभन्दा नजिकक