संक्षिप्त परिचय



परिचय
नेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक शासन व्यवस्था अनुरूप जनताको सबैभन्दा नजिकको सरकारको
रूपमा गाउँपालिका अथवा नगरपालिकाको व्यवस्था गरेबमोजिम कर्जन्हा नगरपालिका पनि एक हो । सिरहाको जिल्लाको १७ वटा पालिकाहरु मध्ये कर्जन्हा नगरपालिका सुन्दर शान्त र रमनीय पर्यटकीय स्थलहरु भएको नगरपालिका हो । सिरहा जिल्लाको १७ वटै पालिकाहरु मध्ये सानो पालिका र पर्यटक क्षेत्र भएको पालिकाको रुपमा समेत कर्जन्हा नगरपालिका परिचित रहेको छ । नेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक शासन व्यवस्था अनुरूप जनताको सबैभन्दा नजिकको सरकारको रुपमा कर्जन्हा नगरपालिकालाई नेपाल राज्य पत्रमा मिति २०७४।०२।११ गतेका दिन प्रकाशित गरेका हुन् । कर्जन्हा नगरपालिकामा रहेका ११ वटा वडाहरुमा अधिकांस गरिब दलित समुदायहरुको वसोवास भएको नगरपालिका रहेको छ ।  कर्जन्हा नगरपालिका साबिकको कर्जन्हा, कल्याणपुर कालाबञ्जर र गौताडी गाविसहरु मिलि निर्माण भएको हो । यस नगरपालिकाको क्षेत्रफल ७६.८३ वर्ग किलोमिटर, उचाई करिब ८४ देखि ९४ मिटर र जलवायू समशितोष्ण र उष्ण रहेको छ । कर्जन्हा नगरपालिकाको कुल जनसंख्या २०६८ को जनसंख्या अनुसार ३१३५८ रहेको जस मध्ये महिला १४५४५ र पुरुष ३१३५८ रहेको भएपनि हाल कर्जन्हा नगरपालिकाको जनसंख्या ४० हजार भन्दा अधिक भएको अनुमान गरिएको छ । 
कर्जन्हा नगरपालिकामा अधिकांस गरिब दलित समुदायहरुको बसोबास रहेका कारण यहाँका यूवाहरु बैदेशिक रोजगार गरेर जीवीको पार्जन गरिरहेका छन् भने बाँकी रहेकाहरु पालिकामै दैनिक ज्यालादारी लगायतका कार्य गरि जीवीको पार्जन गरिरहेको छ । कर्जन्हा नगरपालिकाको  वडाहरुमा दलित गरिब परिवारहरुको संख्या अत्यधिक भएकै कारण कुपोषणका सिकार भएका र विद्यालय बाहिर भएका बालबालिकाहरुको संख्या बढी देखिएको छ ।  
नगर वस्तुगत विवरण नगरपालिकाको भौगोलिक, सामाजिक, आर्थिक, पूर्वाधार लगायत क्षेत्रको विद्यमान यथार्थ
स्थिति झल्काउन आवश्यक तथ्याङ्क संकलन र विश्लेषणका माध्यमबाट तयार गरी तर्कपूर्ण, सिलसिलेवार र व्यवस्थित
रूपमा प्रस्तुत गरिएको सूचनाको एकीकृत दस्तावेज वस्तुगत विवरण हो । वस्तुगत विवरण तयारीका लागि स्तरीय
विधि, औजार तथा प्रकृयाको अवलम्बन गर्नु जरुरी हुन्छ । कर्जन्हा नगरपालिकाको वस्तुगत विवरण तयारीको
पृष्ठभूमि, उद्देश्य, नीतिगत तथा कानूनी आधार, तयारी विधि तथा प्रक्रिया र सीमालाई समावेश
गरीएको छ ।
१.१ पृष्ठभूमि
नेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक शासन व्यवस्था अनुरूप जनताको सबैभन्दा नजिकको सरकारको
रूपमा गाउँपालिका अथवा नगरपालिकाको व्यवस्था गरेको छ । जस अनुसार स्वायत्तताको उच्चतम अभ्यास तथा
विकेन्द्रीकरणको माध्यमद्वारा स्थानीय शासनमा सहभागिता, जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्व कायम गरी सेवा
प्रवाहमा प्रभावकारीता सँगै विकास प्रक्रियालाई द्रुततर तुल्याई जनअपेक्षाको सम्बोधन गर्ने ऐतिहासिक जिम्मेवारी
स्थानीय सरकारको काँधमा आएको छ । सहकारीता, समन्वय र सहअस्तित्वका आधारमा संचालन हुने स्थानीय
शासन प्रक्रियामा जनसहभागिता र साझेदारीको मर्मलाई समेत उच्च महत्व दिइएको छ । स्थानीय जनताले प्राप्त
गर्ने सेवा सुविधालाई छिटो, छरितो र प्रभावकारी बनाई स्थानीय तहको सुदृढीकरण गर्न नीतिगत तथा व्यवहारिक
अभ्यासहरू अगाडी बढिरहेका छन् ।
देशको परिवर्तित नवीन परिवेशमा स्थानीय सरकारले संविधान पदत्त अधिकार बमोजिमको अभिभारा पूरा गर्न
गतिशील विकास प्रक्रियालाई अनुशासित गराई सुशासन र संमृद्धिका लागि अर्थपूर्ण पहल हुन जरुरी छ । यस कार्यका
लागि नवनिर्वाचित पदाधिकारीको कुशल नेतृत्वमा शासन संचालन र विकास प्रकृयालाई प्रभावकारी रूपले दिशानिर्देश
गर्नु आवश्यक छ । स्थानीय सरकारका गतिविधिहरूबाट जनतामा स्वायत्तताको महसुस हुने गरी संघीय समावेशी
शासन व्यवस्थाको मर्मलाई जीवन्त तुल्याउने अपेक्षा गरिएको छ । मानव संसाधन तथा आर्थिक स्रोतको सीमिताका
बाबजुद उर्लंदो जनआकांक्षाको व्यवस्थापनमा अपेक्षित नतीजा हासिल गर्न वास्तविक सूचना तथा तथ्यांक बलियो
आधारका रूपमा रहन्छ ।
आफ्नो क्षेत्रको विद्यमान स्थितिको अद्यावधिक सूचनाले त्यस निकायको हरेक कार्यको प्रभावकारिता बढी व्यवहारिक,
स्पष्ट र जनमुखी बनाउँछ । स्थानीय सरकारको सेवा प्रवाहमा चुस्तता र विकास प्रक्रियालाई यथोचित गति प्रदान
गर्न खण्डिकृत र क्षेत्रगत सूचना सहितको अद्यावधिक नगर वस्तुगत विवरण तयारी गर्नु जरुरी हुन्छ । नेपालमा
सर्वप्रथम सातौं आवधिक योजनाले हरेक जिल्लाले विकासका संभावना र स्रोतको आवश्यक सूचना हासिल गर्न
आर्थिक, सामाजिक र भौगोलिक क्षेत्र समेटिएको वस्तुगत विवरण तयार गर्नुपर्ने निर्देशित गरेको थियो । तत्कालिन
गाविस तथा नगरपालिकाको सन्दर्भमा दशौं आवधिक योजनाले वस्तुगत विवरण तयार गर्नुपर्ने कुरालाई उठान गरेको
थियो । स्थानीय स्वायत्त शासन ऐन, २०५५ र तत्सम्बन्धी नियमावली लागू भए पछि तत्कालिन स्थानीय निकायमा
वस्तुगत विवरण तयारी नियमित रूपमा अगाडी बढेको थियो ।
स्थानीय निकायको अद्यावधिक तथ्यांक भएको सन्दर्भ सामग्री हो नगर वस्तुगत विवरण । वर्तमान सन्दर्भमा नेपाल
सरकारले गाउँ तथा नगर क्षेत्रको समग्र वस्तुस्थिति झल्किने वस्तुगत विवरणको ढाँचा तयार गरी उपलब्ध गराइ
यथासक्य छिटो तयार गर्न स्थानीय निकायहरूलाई पत्राचार गरेको छ । नगरपालिकाको नेतृत्वमा यसरी तयार हुने
वस्तुगत विवरणले स्थानीय तहमा तर्जुमा हुने योजनाका लागि सूचनाको आधार तयार गर्न महत्वपूर्ण हुनेछ । उपलब्ध
कानूनी तथा नीतिगत व्यवस्थाका साथसाथै सरोकारवाला सँगको परामर्श र विगतका सफल अभ्यासको आधारमा
तयार गरिएको वस्तुगत विवरणले नगरपालिकाको सेवा प्रवाह, आन्तरिक स्रोत परिचालन तथा योजनावद्ध विकासमा
टेवा पु¥याउने छ ।

 

अस्पतालहरू:-  स्वास्थ्य  चाैकीहरू तथा फु.कु.म.मे.हाेस्पिटल कर्जन्हा ११